२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

नेपाली महिला समाज कतारद्वारा पर्वतकी क्यान्सर पीडित गंगालाई आर्थिक सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८१ कार्तिक ३० गते १४:५१
Shares
नेपाली महिला समाज कतारद्वारा पर्वतकी क्यान्सर पीडित गंगालाई आर्थिक सहयोग

दोहा कतार : पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका ७ धाइरीङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि नेपाली महिला समाज कतारले आर्थिक सहयोग गरेको छ ।  कतारमा रहेका नेपाली महिलाहरूको साझा संस्था नेपाली महिला समाज कतारले रु १५ हजार आर्थिक सहयोग गरेको हो ।

ncell

जीवन रक्षाका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै समाजकी अध्यक्ष माया केसीले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिन् । कतारमा रहेर सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गरिरहेका मध्यान्हकर्मीले विगत एक महिनादेखि बिरामी दमाईको लागि सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरेको देखेपछि महिला समाजको कार्यसमिति भित्र विभिन्न व्यक्तिहरू सँग सङ्कलन गरेर आर्थिक सहयोग गरेको हो l 

हाल बिपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेकी दमाईको उपचारमा ठुलो रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सहयोगको अपिल गरेको थियो । बिरामीलाई सहयोग गर्न चाहनेले बिरामीको छोरी अनिता दर्जीको एनएमबि बैङ्कको खाता नम्बर १२१०२००९४१७००१२ वा राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

तेस्रो पटकको केमो चढाइसकिएको र स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको बिरामीकी छोरी अनिताले जानकारी दिइन् । पोखराको निजी बोर्डिङमा पढाएर परिवारको जोहो गर्दे आएकी अनिताले आफ्नो आमाको उपचारमा थप सघाउन आग्रह गरेकी छिन् ।

सलिसामको सहयोग
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल अन्तर्गत सङ्घीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारका तर्फबाट सलिसामका अध्यक्ष डम्बर लुङ्खिम लिबाङ ‘मिसेक’ले तिन हजार रुपैयाँ सहयोग गरेका छन् । लिवाङले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक परेमा दोस्रो चरणमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित खबर