२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एसईईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई ल्यापटप वितरण

Nada
कृष्ण तिवारी
२०८१ कार्तिक ३० गते २०:४३
Shares
एसईईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई ल्यापटप वितरण

रौतहट : रौतहटको कटहरिया नगरपालिकाले २०८० को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा श्री जनता माध्यमिक  विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका ५ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ ।

ncell

नगरपालिकाले  सामुदायिक विद्यालयमा पढ्ने उत्प्रेरणा  पुर्‍याउने उद्देश्यले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी अनिरुद्व यादवले ३.७१ जिपिए, मधु साहले ३.६९जिपिए, सन्ध्या कुशवाहाले ३.६२ जिपिए, बादसाह कुशवाहाले ३.६२जिपिए र धर्मेन्द्र यादवले ३.६१ जिपिए ल्याएपछि उनीहरुलाई  ल्यापटप प्रदान गरेको हो ।

नगरपालिकाले उच्च शिक्षा पढ्दा विद्यार्थीलाई सहज बनाउन र सामुदायक विद्यालयमा अध्ययन गर्न प्रोत्साहनका लागि शुक्रबार ल्यापटप वितरण गरिएको नगरप्रमुख अजय प्रकाश जयशवालले बताए ।

नगरपालिकाभित्र रहेको श्री जनता  माध्यामिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर पास गर्ने प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गरिएको उपप्रमुख रिता देवी यादवले  बताइन् ।

त्यस्तै पालिकाभित्रका एक जना श्याम दासले एम बिबिएस पढ्न नाम निकाल्न सफल  भएपछि उनको पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले तिर्न नगर प्रमुख अजयप्रकाश जयसवालले प्रतिबद्वता जनाए । श्री जनता माध्यमिक विद्यालय कटहरियाका प्रधानाध्यापक सचिन्द्र यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु नगर शिक्षा संयोजक अनिलकुमार निधि सह–संयोजक सुरेन्द्र ठाकुर प्रधानाध्यापकहरु राममङ्ल यादव, योगेन्द्र कुशवाहा, गजेन्द्र यादव लगायत शिक्षक शिक्षिका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर