२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

के हो जीवनको गन्तव्य ?

shivam cement
२०८१ मंसिर १ गते ०६:२०
Shares
के हो जीवनको गन्तव्य ?

–सुप्रिया अधिकारी

जीवन आफ्नै अस्तित्वको खोजाइ हो
यो समस्त सत्य होइन, मात्र एउटा रोजाइ हो
आउलान् समस्या लाखौँ, हजार रोकिनु हुन्न पाइला, 
आफ्नो सपना र गन्तव्य भएपछि सफल कसो नभइएला !

खुबै हाँसिन्छ त्यही यात्रामा कहिले आँसु बर्साउँछ 
नियतिले खेल खेल्छ, यात्रा रोकाइ तर्साउँछ
तर, रोकिनु हुन्न पाइलाहरू, असल मार्ग छान्नुपर्छ 
हार नमानी अन्तिम साससम्म सधैँ संघर्ष गर्नुपर्छ ।

हिँडिरहेछन् संसारका प्राणीहरू कुनै न कुनै गन्तव्य सोचेर 
मनमा अत्यास, तनमा पीडा गन्तव्यमा पुग्ने आशा लिएर
एकपल्ट संघर्ष गरेर त हेर बन्ने छौ सधैँ सफल 
कसैको पाउमा नपरी कदापि बन्ने छैनौ बिफल ।

विगतलाई सम्झी कहिल्यै नरुनू, त्यो सम्झनामा सीमित हुन्छ
वर्तमानलाई नै सधैँ सँगाल्ने गर्नू, त्यो नै वास्तविक जीवन हुन्छ
जन्मदेखि मरणसम्मको काल अनि एक मुठी सास हो जीवन 
अन्त्यमा जीवन खरानी खरानी साझा गन्तव्य जो मसान ।

सम्बन्धित खबर