२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

ओझा कार्यकारी सम्पादक

ADV
मध्यान्ह
२०८१ मंसिर १ गते ०६:५०
ओझा कार्यकारी सम्पादक

काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकमा घनेन्द्र ओझा नियुक्त भएका छन् । 

आज १ मंसिरदेखि लागू हुनेगरी ओझालाई कार्यकारी सम्पादक नियुक्त गरिएको मध्यान्ह दैनिकका प्रकाशक सीतादेवी श्रेष्ठले बताइन् । प्रकाशक श्रेष्ठले २ दशक भन्दा लामो अनुभव भएका ओझाले मध्यान्ह दैनिकलाई अझ स्तरीय र लोकप्रिय बनाउने विश्वास व्यक्त गरिन् ।

सम्पादक मदनकुमार श्रेष्ठले धेरै मिडियाबाट अनुभव लिइसकेका र आफैँ पनि पत्रकारिताकै अध्यापकसमेत रहेका ओझाले व्यावसायिक र मर्यादित पत्रकारितामार्फत् मध्यान्हलाई विश्वसनीय र भरोसायोग्य पत्रिकाका रूपमा अघि बढाउनेमा आफू ढुक्क रहेको उल्लेख गरे ।

साढे २ दशकदेखि पत्रकारितामा सक्रिय ओझा पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर हुन् । उनले आधा दर्जनभन्दा बढी मिडियामा सम्पादकीय भूमिका निर्वाह गरिसकेका छन् भने राजधानी दैनिक, द नेपालटप दैनिक, थाहाखबर डटकम, शिलापत्र डटकम, लोकसंवाद डटकम लगायत मिडियाको अनुभव सँगालेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise