२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

उपभोक्ता हित संरक्षण मञ्च नेपालको वार्षिक साधारण सभा सम्पन्न

draupadi film
राहुल गुप्ता
२०८१ मंसिर १ गते १६:४५
उपभोक्ता हित संरक्षण मञ्च नेपालको वार्षिक साधारण सभा सम्पन्न

वीरगञ्ज : उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९औं केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्जको होटल भिस्वामा शुक्रबार 'व्यवसायमा मानव अधिकार र उपभोक्ता सरोकार' भन्ने मूल नाराका साथ २९औं केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाको अध्यक्षता भएको उद्घाटन सत्र कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्र.जि.अ अधिकारीले बिरुवामा पानी हालेर साधारण सभाको उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्र.जि.अ. अधिकारीले उपभोक्ता हित संरक्षण मञ्च नेपाल नागरिकमा जागरण सिर्जना गर्ने, राज्य संरचनालाई दबाब दिने, राज्य र नागरिकको बीचमा पुल र सहजकर्ताको रुपमा काम गर्ने एउटा गहन, चुनौतीपुर्ण र महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गरेको संस्था भएको बताउँदै स्थापनाको २९औं वर्ष पार गरेकोमा आभार व्यक्त गरे ।

No description available.

उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ताले भोग्नु परेको समस्याका बारेमा छुट्टै उपभोक्ता अदालतको मोडल काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गठन गरिसकेको मञ्चका अध्यक्ष बानियाले जानकारी दिए । उपभोक्ता ठगीमा सबैभन्दा बढी क्षतिपूर्ति ४५ लाख रुपैयाँ दिलाउन सफल भएको, मदिराजन्य विज्ञापनमा समेत यस संस्थाले रोक लगाउन सफल भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवम् पूर्वउद्योगमन्त्री दधिराम न्यौपाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्त नारायण साह, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सुनिल चौरसिया, गुणस्तर तथा नापतौल कार्यालय पर्साका निरीक्षक राम प्रसाद लम्साल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, पर्सा थोक खुद्रा किराना व्यवसायी संघ पर्साका अध्यक्ष शंकर कुशवाह, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, बासु खतिवडा, महासचिव विष्णु तिमिल्सिना, उपमहासचिव कुमारी खरेल, केन्द्रीय सचिव जय प्रसाद पौडेल, भुवन प्रसाद निरौला, केन्द्रीय सदस्य (बारा) नरेश मोदक, बसन्त गौतम, महेश खड्का (विराटनगर), रामजी ज्ञवली (नवलपरासी), ऋषि आजाद (रुपन्देही), पर्सा जिल्ला अध्यक्ष सुनिल श्रेष्ठसहित ३१ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

No description available.

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले उपभोक्ताका सवालमा व्यापारीहरुले गरेको लापरबाहीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेवा देय दबु नगर कमिटीले अतिथिहरुलाई टीका लगाएर स्वागत गरेको थियो । स्वागत मन्तव्य मञ्चका केन्द्रीय महासचिव विष्णु तिमिल्सिनाले राखेका थिए । कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य धिरज शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन मञ्चका पर्सा अध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise