२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सानीभेरी-५ उपनिर्वाचन : वाईसीएलको मार्चपास

Nada
प्रचण्ड खत्री
२०८१ मंसिर १ गते २०:२६
Shares
सानीभेरी-५ उपनिर्वाचन : वाईसीएलको मार्चपास

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकमा वडा नम्बर ५ मा यही मंसिर १६ गते वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ । यसको लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनको कार्यालयमा सुरक्षाकर्मीले सुरक्षा दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

ncell

यसका लागि विभिन्न राजनीतिक दलहरु उपनिर्वाचनमा होमिएका छन् । दलहरुले आफ्ना उम्मेदवारहरु टुंगो लगाएर घरदैलो अभियानमा व्यस्त देखिएका छन् । 
नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको लागि जसिराम बस्नेतलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । बस्नेत आजभोली घरदैलो अभियानमा बस्त देखिन्छन् । उनले वडालाई सुशासन बनाउने योजना अगाडि सारेको नेकपा माओवादी केन्द्र वडा कमिटीको भनाइ छ । 

शनिबार वाईसीएलले मार्च पास गरेका छन् । सयौंको संख्यामा रहेका वाईसीएलले नारा लगाउँदै मार्च पास गरेको जिल्ला अध्यक्ष गोबिन्द ओलीले बताए । 
मेलचौरबाट सुरु गरेको मार्च पास घापागार हुँदै हासुसम्म पुगेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सचिन रोकाले बताए ।

मार्चपासमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल शर्मा (अनल), केन्द्रीय सदस्य बसन्त शर्मा (कुशल), प्रदेश अध्यक्ष बिमला केसी, प्रदेश कमिटी सदस्य धर्मबहादुर केसी, नरबहादुर पुन, निर्मला बिस्ट, जिल्ला संयोजक गोविन्द रोका, वाईसीएलका केन्द्रीय सचिन शैलेश शर्मा, जिल्ला अध्यक्ष गोविन्द ओली, समाजसेवी तथा युवा नेता गोर्ख कुसारी लगायतको सहभागीता रहेको थियोे ।

ताजा खबर

सम्बन्धित खबर