२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

लुम्बिनीका सबै उपभोक्ताले यसै वर्षबाट शुद्ध खानेपानी उपभोग गर्न पाउँछन् : मन्त्री राणा

Nada
२०८१ मंसिर १ गते २०:४०
Shares
लुम्बिनीका सबै उपभोक्ताले यसै वर्षबाट शुद्ध खानेपानी उपभोग गर्न पाउँछन् : मन्त्री राणा

दाङ : खानेपानी  तथा शहरी विकासमन्त्री मन्त्री सरोज थापा रोजले  लुम्बिनीका सबै उपभोक्ताहरुको घर–घरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी खानेपानी मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् ।

ncell

अजम्वरी खानेपानी बृहत् सरसफाइ उपभोक्ता  समिति घोराहीको १४ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु र ठूला सहरहरुलाई सफा सुन्दर बनाउने जिम्मेवारी मन्त्रालयको भएको बताए । ‘जनताको शुद्ध खानेपानी पिउने सपना मन्त्री र  कर्मचारी सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि मैले हर सम्भव प्रयास गर्नेछु’ उनले भने । 

आयोजना हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले भने,‘जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चैत, वैशाख, जेठमा  चापाकल सुकेर पानी आउन बन्द हुने गर्छ । यो समस्या दाङमा पनि छ । यो समस्या दिर्घकालिन समाधानका लागि उपभोक्ताहरुले खानेपानीका मुहानहरुको संरक्षण गर्नुपर्छ ।’

मन्त्री थापाले  गरिब, निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खानेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन लुम्बिनी प्रदेशका १२ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिएको सुनाए । 

मन्त्री थापाले योजनाको अनुगमन गर्दा जनताका कुरा सुन्दा थप ऊर्जा प्राप्त भएको र अब उक्त कुराहरू कार्य सम्पादनमा देखिने गरी आफ्नो कार्यकालमा काम गर्ने र सबैको घरमा यसै वर्ष धारा पुर्‍याएर छाड्ने दाबी गरे ।

मन्त्री थापाले बजेट अभावका कारण मन्त्रालयले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै खानेपानी मन्त्रालयको एक घर एक धारा नीतिलाई कार्यान्वय गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेपनि बजेटको समस्या हुने गरेकोले अब बजेटका विषयमा आफुहरु थप खोजीमा लागि परेको बताए ।

साधारण सभामा  लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठ, खानेपानी तथा शहरी विकास मन्त्रालयका सचिव वासुदेव पाण्डे, मन्त्रालयका महाशाखा प्रमुख गुणानिधि पोख्रेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका प्रमुख तिलक न्यौपाने लगायतले मन्तव्य राख्दै प्रदेश सरकारको योजना अनुसार खानेपानीका कामहरु द्रुत गतिमा अगाडि बढेको बताए । 

सम्बन्धित खबर