२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

यस्ता छन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णय

Nada
२०८१ मंसिर १ गते २१:५५
Shares
यस्ता छन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले शनिबार विभिन्न निर्णयहरू गरेको छ । बैठकले कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकको रूपमा डा. केशर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ncell

साथै बैठकले प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा र इश्वरचन्द्र मरठालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा खटाउने निर्णय गरेको छ ।  

मन्त्रिपरिषद्ले शहीद स्मृति भत्ता वितरण कार्यविधि २०८१, विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, घाइते र अपांगता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१ र सशस्त्र आन्दोलन, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने कार्यविधि २०८१ पनि स्वीकृत गरेको छ ।

सम्बन्धित खबर