२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

विष्णुमती सफाइ अभियान : १६ सरसफाइकर्मीलाई नगदसहित सम्मान

Nada
२०८१ मंसिर १ गते २२:०९
Shares
विष्णुमती सफाइ अभियान : १६ सरसफाइकर्मीलाई नगदसहित सम्मान

सुशान्त न्यौपाने/मध्यान्ह

ncell

काठमाडौं : टोखा नगरपालिकाले शनिबार २५औं हप्ताको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । बानियाँटार पुल क्षेत्रमा सफाइपछि गरिएको एक विशेष कार्यक्रममा नगरपालिकाले १६ जना सफाइकर्मीहरुलाई नगदसहित सम्मान गरेको छ । त्यस्तै विभिन्न संघसंस्था, पूर्वजनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कल्पलता द्धैमासिक, सामाजिक अभियन्ता, पत्रकार र नेपाल आर्मीलाई पनि कदर पत्रबाट सम्मान गरेको छ ।

बागमती सरसफाइ महाअभियानका संयोजक तथा पूर्वमुख्यसचिव लिलामणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नरोतम रानाले कार्यक्रममा सम्बोधन गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि लिलामणी पौडेलले सफाइ अभियानलाई समुदायसँग जोडेर निरन्तरता दिनुपर्ने बताए । समुदायको सक्रिय सहभागिता गराउन सके अभियानले सार्थकता पाउने बताए । त्यस्तै विशेष अतिथि नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती करिडोर खोल्ने अभियानसँगै सफाइ नगर बनाउने अभियानले निरन्तरता पाउने बताए । 

अधिकारीले आगामी ५० औँ हप्ताको सफाइ कार्यक्रममा सक्रिय अभियानकर्मीहरुको वर्गिकरण गरेर मात्र अवार्ड प्रदान गरिने बताए । अधिकारीले काठमाडौंको पूर्वाधार विकाससँगै सफा र स्वच्छ नगरपालिका बनाउने आफ्नो मुल ध्येय भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सफाइ अभियानमा सक्रिय सहभागिता जनाउनले हुने सबैलाई धन्यवाद दिँदै आगामी कार्यक्रम नयाँ ढंगले सुरुवात गर्न लागेको बताए । बिसीले ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’भन्ने नारासहित सम्बोधन गरेका थिए ।

कार्यक्रममा सफाइ सम्बन्धी जनचेतनामुलक गीत, कविता प्रस्तुत गरिएको थियो । वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नरोतम रानाले स्वागत मन्तव्य दिएका थिए भने योजना शाखा प्रमुख मधु मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर