२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

साउदीमा मोरङ-सुनसरी सेवा समाजले रक्तदान कार्यक्रम आयोजना गर्दै 

Nada
२०८१ मंसिर २ गते १०:५२
Shares
साउदीमा मोरङ-सुनसरी सेवा समाजले रक्तदान कार्यक्रम आयोजना गर्दै 

काठमाडौँ : मोरङ-सुनसरी सेवा समाज साउदी अरेबियाले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले डा. सुलेमान अलहबिब अस्पताल रियादको सहकार्यमा नोभेम्बर २२ मा कार्यक्रम आयोजना गर्ने भएको हो । 

साउदी अरेबियामा रहेका नेपालीहरूको सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको मोरङ-सुनसरी सेवा समाज साउदी अरेबियाले बताएको छ । 

रक्तदान गर्न इच्छुक व्यक्तिहरूले देवेन्द्र विक (०५३३६११०७६) वा खेमराज कार्की (०५७१८७८१३०) लाई सम्पर्क गरी आफ्नो नाम, अकामा नम्बर र फोन नम्बर दर्ता गराउन सक्ने समाजले जानकारी दिएको छ  ।

समाजले नेपाली समुदायका सबै संघसंस्था, पत्रकार, सामाजिक अभियन्ता, तथा दाजुभाइ-दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भएर यो मानवतापूर्ण कार्यलाई सफल बनाउन आग्रहसमेत गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर