२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

श्रीलंकामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

Nada
२०८१ मंसिर २ गते १४:१७
Shares
श्रीलंकामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले श्रीलंका मा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ । 

ncell

एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलंका मा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । 

बिहीबार (यही १४ नोभेम्बर)मा भएको निर्वाचनमा एनपिपी पार्टीले दुई सय २५ स्थानमध्ये एक सय ५९ स्थानमा जीत हासिल गरेको थियो । उनले जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलंका ले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।  

राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्ध दुई वर्षअघि श्रीलंका ली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय भएको थियो ।

“हालै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र विश्वास हासिल गरेर राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदनभण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलंका मा हालै भएको निर्वाचन नतिजाप्रति खुसी प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित खबर