२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

ADV
मध्यान्ह
२०८१ मंसिर ३ गते २०:२१
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुने एनपीएलको खेल तालिका सोमबार सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार एनपीएलको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । उद्घाटन खेल मंसिर १५ गते मध्यान्ह सवा १२ बजे सुरु हुनेछ । लिग सुरु भएको भोलिपल्ट मंसिर १६ गते उपनिर्वाचन रहेका कारण कुनै खेल हुने छैन ।

त्यसको भोलिपल्टदेखि भने दिनमा दुई खेल हुनेछ । पहिलो खेल बिहान सवा ९ बजे हुनेछ । दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ । मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन् । दोस्रो खेलमा जनकपुरले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायर र इलिमिनेटर खेल पुस ३ गते हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले फाइनल प्रवेशको फेरि मौका पाउनेछ ।

इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । फाइनल खेल आगामी पुस ६ गते शनिबार हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise