२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो ५ उदीयमान खेलाडी

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते १५:१८
ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो ५ उदीयमान खेलाडी

काठमाडौं : हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट ५ उदीयमान खेलाडी छनोट गरेको छ ।

मंगलबार कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका ५ जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको हो ।

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

अब अन्तिम चरणको छनोटबाट यी ५ मध्ये एक जनाले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने कर्णाली याक्सले जनाएको छ ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । 

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । त्यस्तै धवनले भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् ।

त्यस्तै वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले कर्णाली याक्सबाट एनपीएल खेल्ने पक्का भइसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट  अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

 

ADVADV

सम्बन्धित खबर

Advertise