२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तीजमा अमेरिका नचाउँदै रचना रिमाल र शान्तिश्री परियार

ADV
मध्यान्ह
२०८१ असार ५ गते १३:२३
तीजमा अमेरिका नचाउँदै रचना रिमाल र शान्तिश्री परियार

काठमाडौं : ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ । फ्लाई नेपाका सीईओ विनोद अधिकारीले देशका चर्चित स्टयान्डअप कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको जानकारी गराएका छन् ।

अधिकारीका अनुसार यो नचाउने यात्रामा चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल र ज्योति मगरले सहभागिता जनाउनेछन् । यसैगरी यो यात्रामा लोकदोहोरीकी चर्चित मोडल करिष्मा ढकालको पनि साथ रहनेछ ।

आयोजक विनोद अधिकारीले तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुने कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन् । ‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनुभएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो । यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवर्द्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ अधिकारीको भनाइ छ ।

आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।

फ्लाई नेपाकै आयोजनामा यसअघि भएको ‘अब हाँस्छ अमेरिका’मा सन्दीप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीको टोलीले यही जनवरीदेखि फ्रेब्रुअरीसम्म अमेरिकाका विभिन्न १४ राज्यमा हास्य प्रस्तुति दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise