२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

आईपीएलमा ऋषभ पन्त २७ करोडमा बिक्री

ADV
मध्यान्ह
२०८१ मंसिर ९ गते १८:५१
आईपीएलमा ऋषभ पन्त २७ करोडमा बिक्री

काठमाडौं : भारतीय विकेटकीपर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा अहिलेसम्मकै महँगो रकममा बिक्री भएका छन् । आइतबार भएको अक्सनमा उनलाई लखनउ सुपर जाइन्ट्सले २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको छ ।

योसँगै पन्त एनपीएल इतिहासमा सबैभन्दा महँगोमा बिक्री हुने खेलाडी बनेका छन् । उनीभन्दा अघि अर्का खेलाडी श्रेयस अययर २६.७५ करोड भारुमा बिक्री भएका थिए । उनलाई पञ्जाब किंग्सले खरिद गरेको छ ।

पन्त उच्च रकममा बिक्री भएपछि अययरले बनाएको महँगा खेलाडीको रेकर्ड क्षणभरमै तोडिएको छ । आईपीएलको अघिल्लो सिजनमा भने भारतीय तीव्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा महँगा खेलाडीको रेकर्ड बनाएका थिए । उनलाई कोलकाताले २४.७५ करोड भारुमा किनेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise