२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा

ADV
मध्यान्ह
२०८१ मंसिर १० गते १८:१८
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सुदूरपश्चिम रोयल्सका अष्ट्रेलियन खलाडी ‘मेन्टर’ ब्राड हज आज आइपुगेका छन् । 

उनलाई त्रिभुवन विमानस्थलमा सुदूरपश्चिम रोयल्स टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे । खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्रसिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई)लाई टिममा समावेश गरेको छ ।

त्यस्तै टोलीमा आरिफ शेख, अविनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो । ‘ट्यालेन्ट हन्ट’बाट ‘आइकोनिक’ खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise