२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

एसिया कप खेल्ने नेपाली यु-१९ टोलीको बिदाइ

himalayanlife
२०८१ मंसिर ११ गते १४:१५
Shares
एसिया कप खेल्ने नेपाली यु-१९ टोलीको बिदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुने एसीसी यु-१९ एसिया कप क्रिकेट टिमलाई बिदाइ गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।

मंसिर १४ गतेदेखि यूएईमा हुने एसिसी यु–१९ एसिया कपका लागि क्यानले हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । 

धामीको कप्तानीमा रहेको टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् भने खेलाडीहरूमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।  नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्ताको सामना गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर