काठमाडौँ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन् ।
बोर्डमा उपस्थित भई श्रेष्ठले बुधबारदेखि पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका रूपमा एभरेष्ट बैंकको बोनस सेयर दर्ता स्वीकृत गरेका छन् ।
श्रेष्ठले बोर्डलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता जनाएका छन् ।