२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

भर्षटायल गायिका अनु चौधरीले कतारमा सांगीतिक प्रस्तुति दिँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ मंसिर १२ गते १९:०६
भर्षटायल गायिका अनु चौधरीले कतारमा सांगीतिक प्रस्तुति दिँदै

दोहा, कतार : भर्षटायल गायिकाका रूपमा उद्धुम मच्चाइरहेकी गायिका हुन् अनु चौधरी । नेपालको सुदूरपश्चिम कैलालीमा जन्मिएकी उनले नेपाली भाषाका अलावा थारु, मैथिली, राजवंशी, तामाङ, नेवारी लगायत सहित थुप्रै भाषाका गीतमा आफ्नो आवाज दिएकी छन् । उनै चौधरीले कतारमा सांगीतिक प्रस्तुति दिने भएकी छन् ।

कतारमा रहेको एक मात्र दोहोरी साँझ एसिया ना दोहोरी गजल रेस्टुरेन्ट र बारले आउँदो शुक्रबार अर्थात नोभेम्बर २९ तारिक आयोजना गर्न लागेको "सुमधुर साँझ" कार्यक्रममा प्रस्तुति दिन उनी कतार आउन लागेकी हुन् । कार्यक्रममा प्रवेश निःशुल्क रहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । अर्यालले कार्यक्रमका लागि क्लबको दोहोरी साँझको ढोका ५ बजेबाट खुल्ने र साँझ ७ बजेबाट प्रस्तुति सुरु हुने बताए ।

उनका लजालु मायालु, दिन गीन गिन, यही त हो नि माया, बिन्दिया बोलाए सजना, पाउ के पायल, तिमीलाई हेर्ने बानी, सैया, मै झुटो, चार तोलाको बाला, हलका हलका लगायतका गीतहरू चर्चाका शिखरमा छन् । दोहोरी साँझ कर्नेचको नजिक वेस्ट बेस्टर्न होटेलको १४औं तलामा रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise