२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

७७ कम्पनीले झण्डै ५० अर्बको आईपीओ ल्याउँदै

shivam cement
मध्यान्ह
२०८१ मंसिर १२ गते २१:२३
७७ कम्पनीले झण्डै ५० अर्बको आईपीओ ल्याउँदै

काठमाडौं : पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा करिब ११ महिनापछि नयाँ अध्यक्षको नियुक्ति भएको छ । नियुक्ति प्रक्रिया पूरा गरी सन्तोषनारायण श्रेष्ठ सोमबार  बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । बोर्डले अध्यक्ष प्राप्त गरेसँगै साधारण शेयर (आईपीओ)को लागि पाइपलाइनमा रहेका कम्पनीको आईपीओ जारी हुने प्रक्रिया अगाडि बढ्नेछ ।

अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढेसँगै सेबोनले मंसिर ९ गते आईपीओ जारी गर्ने पाइपलाइनमा भएका कम्पनीको नाम सार्वजनिक गरेको थियो । सार्वजनिक तथ्यांकअनुसार आईपीओ निष्काशनको तयारीमा रहेका कम्पनीको संख्या ७७ वटा पुगेको छ । आईपीओको पाइपलाइनमा भएका सबै कम्पनीको आईपीओ जारी भएमा ४९ अर्ब १० करोड ९० लाख १६ हजार ५९६ रुपैयाँ बराबरको ३३ करोड ५६ लाख ८६ हजार ८३ कित्ता शेयर निष्काशन हुनेछ ।

विवरणअनुसार सबैभन्दा बढी हाइड्रोपावर समूहका ३७ वटा कम्पनी आईपीओ स्वीकृतिको प्रक्रियामा छन् । ती कम्पनीका १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४६४ कित्ता शेयर आईपीओ आउने देखिएको छ । हाइड्रोपावर समूहपछि उत्पादन तथा प्रशोधन समूहका १५ वटा कम्पनी आईपीओको पाइपलाइनमा छन् । उक्त समूहको २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६९६ रुपैयाँ बराबरको नौ करोड १६ लाख ७५ हजार ६८४ कित्ता शेयर निष्काशन हुने देखिएको  छ ।

अन्य समूहका १० कम्पनीले पनि आईपीओ निष्काशन तयारीमा गरेका छन् । ती १० कम्पनीले तीन अर्ब ३२ करोड २८ लाख ४३ हजार ५०० रुपैयाँ बराबरको दुई करोड ६५ लाख ६ हजार ४३५ कित्ता शेयर निष्काशन गर्न अनुमतिको प्रतिक्षा गरेका छन् । 

त्यस्तै, प्रक्रिया अगाडि बढ्दा होटल तथा पर्यटन समूहका ७ कम्पनीको ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको तीन करोड ५६ लाख ६० हजार कित्ता शेयर र लगानी समूहको तीनवटा कम्पनीले पनि दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको एक करोड ५६ लाख ७३ हजार ५०० कित्ता शेयर आईपीओ जारी गर्नेछन् ।

केही समय अगाडि मात्रै व्यवसाय अनुमति पत्र लिएर व्यवसाय सुरु गरेका लघुबीमा (माइक्रो इन्स्योरेन्स) का तीन कम्पनी आईपीओ जारी गर्ने स्वीकृति पखाइमा छन् । यी तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्न खोजेका छन् ।

आईपीओ निष्काशनको स्वीकृति पर्खिरहेका सबै कम्पनीको आईपीओ जारी भएमा ४९ अर्ब १० करोड ९० लाख १६ हजार ५९६ रुपैयाँ बराबरको ३३ करोड ५६ लाख ८६ हजार ८३ कित्ता शेयर निष्काशन हुनेछ । आईपीओ जारी गर्ने विभिन्न कम्पनीअनुसारको शेयर मूल्य न्यूनतम एक सय रूपैयाँदेखि ६५० रूपैयाँसम्मको हुने देखिएको छ । सो अवस्थामा सबै कम्पनीको आईपीओ खरिद गर्न चाहने एक जना सर्वसाधारणले ९३ हजार ८३६ रुपैयाँको आईपीओ भर्न पाउने देखिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise