२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता

Nada
२०८१ मंसिर १२ गते २१:२७
Shares
सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता

काठमाडौं : सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी  सम्बन्धी सम्झौता भएको छ । बैंकले दर्ता गरेका नेपालपे मर्चेन्टहरूको क्यूआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरूमार्फत् अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको हो ।

ncell

सो सम्झौतासँगै विशेष गरी चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेटमार्फत् नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लसको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी चाङगीपे, जीक्यास, अलिपेएचके, हाईपे, काकाओपे, टसपे, नेभरपे, टीएजीडी, पीबीबी, ट्रु मनी, एमपे र टिननाबामार्फत् अन्तरदेशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ । 

यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले नेपाल आउने पर्यटकहरूलाई सहजता पुर्‍याउने र यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर