२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

ग्लोबल आइएमई बैंकद्वारा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग

ADV
मध्यान्ह
२०८१ मंसिर १२ गते २१:३३
ग्लोबल आइएमई बैंकद्वारा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरिन् ।  

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम शुरु भइरहेको कार्यबाहक नगर प्रमुख सुवेदीले बताइन् । 

साथै बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise