२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

नेपाल श्रीलंकासँग ५५ रनले पराजित

ADV
मध्यान्ह
२०८१ मंसिर १४ गते १८:१८
नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं : एसीसी यु–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल ५५ रनले पराजित भएको छ । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि ओपनर मयनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए । मयनले ८३ बलमा अर्धशतक पूरा गरेका थिए । आकाश त्रिपाठीले ३३ बलमा १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा नरेन साउदले १६ रन जोडे ।

श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २-२ विकेट लिए ।

त्यसअघि यूएईको सारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।

श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । युवराज खत्रीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १ विकेट लिए ।

एसिया कपमा नेपालले दोस्रो खेल मंसिर १६ गते बंगलादेशविरुद्ध खेल्ने छ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले मंसिर १८ गते अफगानिस्तानको सामना गर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise