काठमाडौं : नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सरकारको सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले केही दिनुअघिमात्र राजदूतमा नियुक्त गरेका थिए ।