२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

२ बजेसम्म करिब ५० प्रतिशत मत खस्यो

ADV
मध्यान्ह
२०८१ मंसिर १६ गते १४:४६
२ बजेसम्म करिब ५० प्रतिशत मत खस्यो

काठमाडौँ : स्थानीय तह उपनिर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।  आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।

मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ। 

आयोगले मतदानको रेसियो हेर्दा ६० प्रतिशत बढी मत खस्ने अनुमान गरेको छ । यो उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।

निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडामा वडा अध्यक्षको उपनिर्वाचन भइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise