हेटौंडा-हेटौंडा उमहानगरपालिका–१२ नम्बर मा अहिले मतदान जारी छ ।
प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा मतदान अहिले भइरहेको छ । कुल मतदाता ८ हजार ५३ जना रहेको १२ नम्बर वडामा आधाभन्दा बढी मत खसिसकेको छ । ५ बजेसम्म मतदान गर्ने समय छ ।
मतगणना आजै सुरु गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । मतगणना हेटौंडा–२, स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुनेछ ।
राति ९ बजेटबाट मतगणना सुरु गरेर २ बजेभित्र सम्पन्न गरिसक्ने लक्ष्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको छ । ३ वटा समूह बनाएर मतगणना गरिने प्रजिअ चिलुवालले जानकारी दिए ।
१२ नम्बर वडामा गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।
यता, दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले आज नै मतगणना गर्ने सम्भावना नरहेको हो ।
मतदान भइरहेको ९ नम्बर वडा बेदुङबाट मतपत्र संकलन गर्न आज सम्भव नहुने भएकाले सोमबारबाट गणना हुने मतदान अधिकृत धर्मराज तामाङले बताए । गौरीशंकरमा दुई मतदान केन्द्र छन् ।