२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

उपनिर्वाचन : जाजरकोटमा ६ हजार बढीले गरेनन् मतदान

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर १६ गते १८:१३
उपनिर्वाचन : जाजरकोटमा ६ हजार बढीले गरेनन् मतदान

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदानमा ६५ प्रतिशत मत खसेको छ ।

नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्र र कुशे गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि २ वटा मतदान केन्द्रमा गरी कुल ११ हजार ५ सय ३० मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकृत नविन कुमार कठायतले जानकारी दिए ।

नलगाड नगरपालिका र कुशे गाउँपालिकामा १७ हजार ७ सय ५१ मतदाता रहेका थिए । यहाँ ३५ प्रतिशत अर्थात ६ हजार २ सय २१ मत भने खस्न सकेन । 

नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको छ भने कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise