दोलखा : दोलखा गौरीशंकर गाउँपालिकामा भएको उपनिर्वाचनमा ५१.७२ प्रतिशत मतदाता अनुपस्थित भएको पाइएको छ । आइतबार सम्पन्न भएको मतदानस्थलमा उनीहरु अनुपस्थित भएका हुन् ।
आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको शान्तिपूर्ण मतदानमा पालिकामा उनीहरु अनुपस्थित भएपछि जम्मा ४८.२८ प्रतिशत अर्थात् ७ हजार ५ सय ७९ जनाले मात्र मतदान गरेका छन् । पालिकामा १५ हजार ७ सय १८ मतदाता रहेका थिए ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको २०८० असारमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको थियो । आइतबारनै पालिकाको ९ नम्बर वडाको मतमेटिका गणनास्थलमा ल्याउन ढिलाइ हुने भएकोले सोमबार मात्रै मतगणना शुरु हुने निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्ष पदका लागि राजनीतिक दलका र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।