२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

काठमाडौंमा ‘मुड’ नभएका मतदाता

ADV
जानकी पाठक
२०८१ मंसिर १७ गते ०८:१७
काठमाडौंमा ‘मुड’ नभएका मतदाता

काठमाडौं : आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई निर्वाचन आयोग, गृह मन्त्रालय, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसलगायतले उत्साहपूर्ण भनेका छन् ।

निर्वाचन आयोगका अनुसार नगरपालिका मेयर १, उपमेयर १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडा अध्यक्ष ३३ गरी ४१ पदका लागि भएको निर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको छ । यसलाई समग्रमा उत्साहजनक रूपमा मतदान भएको हो ।

तर, काठमाडौं वडा– १६ मा भएको मतदानले मतदाताको मुड बताउँछन् । निर्वाचन आयोगका अनुसार काठमाडौं– १६ मा आधा मात्र मतदाताहरू मतदान गर्नै गएनन् । निर्वाचन आयोगका अधिकारीहरू नै देशको राजधानी शहर काठमाडौंमै मतदाताहरू कम उपस्थित हुनु चिन्ताजनक रहेको बताउँछन् । काठमाडौं– १६ नम्बर वडामा २१ हजार २५ मतदाता थिए । त्यसमध्ये १० हजार ५५८ मत मात्र खस्यो । यो ५० दशमलव २१ प्रतिशत हो ।

निर्वाचन आयोगका अनुसार यो देशभर उपनिर्वाचन भएका ४१ स्थानमध्ये सबैभन्दा न्यून प्रतिशत हो । यो वडामा २०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट मुकुन्द रिजाल विजयी भएका थिए । रिजालको निधन भएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो । यो वडा काठमाडौंको मुख्य क्षेत्रमा पर्छ । यो वडाभित्र बालाजु, माछापोखरी, बनस्थली, सोह्रखुट्टे, नयाँ बजारलगायतका क्षेत्रहरू पर्छन् । तर, यो क्षेत्रका आधा मतदाता मतदान गर्न नै गएनन् ।

निर्वाचन आयोगका अनुसार मतदानका लागि कुनै प्रकारको असहजता थिएन । मतदानका लागि १० वटा त बुथ नै राखिएको थियो तर पनि मतदाता मतदानमै उपस्थित नहुनुले उनीहरूमा निर्वाचनप्रति रहेको वितृष्णालाई झल्काएको छ । सुविधाजनक क्षेत्र, तुलनात्मक रूपमा सचेत र शिक्षित भनिएको क्षेत्र काठमाडौंका मतदाताले निर्वाचनप्रति वितृष्णा प्रकट गरिरहेका बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा– ५ मा भने ८५ प्रतिशत मतदान भएको छ ।

आयोगका अनुसार यो ४१ पदमा भएको मतदानको सबैभन्दा बढी प्रतिशत हो । यो वडामा कुल मतदाता ३५३ जना थिए, जहाँ ३०३ मत खसेको छ । डोल्पाका सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीका अनुसार मतदान गर्नेमा १५८ महिला र १४५ पुरुष छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise