२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

Nada
२०८३ मंसिर १ गते १६:४८
Shares
राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राप्रपाको आठौँ महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। शाहीले एक–दुई दिनभित्र औपचारिक घोषणा गर्ने बताएका छन् ।

राप्रपाको विधानअनुसार अध्यक्षको उम्मेदवार बन्न एक कार्यकाल केन्द्रीय पदाधिकारी भएर काम गरेको हुनुपर्छ। हाल प्रवक्ता रहेका शाही उक्त मापदण्डमा पर्छन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि आकांक्षी छन् । पाण्डेलाई पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थन रहेको छ ।


 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर