२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

ADV
मध्यान्ह
२०८१ मंसिर १७ गते १४:४१
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको हो ।

कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णालीले मध्यम योगफल तयार पारेको हो । 

अर्जुनले २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे । अलराउण्डर गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाएका हुन् । शिखर धवनले १४ बलमा १४ रन बनाए ।

जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक-एक विकेट लिए । 

ADVADV

सम्बन्धित खबर

Advertise