२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

एमालेको कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

मध्यान्ह
२०८१ मंसिर १७ गते १७:२८
एमालेको कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

काठमाडौँ : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् ।

ओली चीन भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई तोकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

एमालेको विधान २०४९ (संशोधन २०७८) को  धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको गौतमको भनाइ छ । चीन भ्रमण पूरा गरी ओली मङ्सिर २० गते स्वदेश फर्कनेछन् ।

ADV

सम्बन्धित खबर