२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८१ मंसिर १९ गते १३:१६
Shares
रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका–६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर