सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीको बर्दघाटमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको भएको छ भने एक जना महिला गम्भिर घाइते भएकी छिन् ।
मंगलबार राति बर्दघाट नगरपालिका वडा नं.४ स्थित हाटबजार नजिकै एक घरमा अपरिचित ब्यक्तिको खुकुरी प्रहारबाट ४६ वर्षीय पुरुषको मृत्यु भएको छ भने अन्दाजी ४७ वर्षीया महिला घाइते भएकी छिन् ।्
घाइते महिलालाई उपचारको लागी युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको छ । घटनास्थलबाट हत्याका लागि प्रयोग गरिएको १ थान खुकुरी र एक पर्स बरामद भएको छ।
मृतकको पर्समा भेटिएको नागरिकतामा दिलिप कुमार पुन र ठेगाना बाग्लुङको जलजला नाम उल्लेख भएको प्रहरीले जनाएको छ । हत्या किन र कसले गरेको हो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । साथै कुकुर सहितको टोली हत्यामा संलग्नको खोजी कार्यमा लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies