२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

२ वर्षीया बालिकाको हत्या : सौतेनी आमामाथि अनुसन्धान हुँदै 

Nada
२०८३ भदौ ९ गते १५:५५
Shares
२ वर्षीया बालिकाको हत्या : सौतेनी आमामाथि अनुसन्धान हुँदै 

काठमाडौँ : सप्तरीको शम्भुनाथ नगरपालिकामा २ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिकाकी सबिना खातुनकी २ वर्षीया छोरीलाई घर पछाडि रहेको झाडीमा मृत अवस्थामा फेला पारिएको थियो ।

ncell

बालिकाको हत्या गरेको आरोपमा शम्भुनाथ नगरपालिका–२ कंकपटी टोल निवासी, हाल ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको हो । उनी मृतक बालिकाकी कान्छी आमा रहेको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्यु शंकास्पद देखिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा आरोपित खातुनलाई कानुनबमोजिम पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।

खातुनविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ । घटनाको वास्तविक कारण र अन्य विवरण अनुसन्धानपछि थप स्पष्ट हुने प्रहरीले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर