२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कैलालीबाट १ करोडभन्दा बढीको सुन–चाँदी र नगदसहित ३ जना पक्राउ

shivam cement
२०८१ मंसिर २३ गते १०:५७
Shares
कैलालीबाट १ करोडभन्दा बढीको सुन–चाँदी र नगदसहित ३ जना पक्राउ

काठमाडौँ : कैलालीको भजनी नगरपालिका–५, कौवाखेडा सीमाबाट सुन, चाँदी र नगदसहित ३ जना पक्राउ परेका छन् । शनिबार साँझ १ करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई  पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि  शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५  भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडासहित नियन्त्रणमा लिएको सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उल्लेखित सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । 


 
 

सम्बन्धित खबर