२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भोलिदेखि

ADV
मध्यान्ह
२०८१ मंसिर २३ गते १८:४५
मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भोलिदेखि


काठमाडौं :१२ औं संस्करणको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ । सोमवारदेखि २७ मंसिरसम्म काठमाडौंमा आयोजना हुने महोत्सवको यस संस्करणको नारा ‘सामाजिक न्याय’ रहेको छ ।

आयोजक नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने बताए । उनले मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिदैं आएको बताए । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्ने महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरू यस प्रदर्शन हुनेछ । ४ दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुनेछ ।

महोत्सवको ओपनिङ फिल्मका रूपमा सोमवार साढे १२ बजे चलचित्र विकास बोर्डको हलमा द म्यान हु कुडनट रिमेन साइलेन्ट प्रदर्शन हुनेछ । यो छोटो चलचित्रले कान्सको लुघ विधामा अवार्ड जितेको थियो । त्यस्तै, चलचित्र विकास बोर्डकै हलमा अल वि इम्याजिन एज लाइट मंगलवार साढे ५ बजे प्रदर्शन हुनेछ । यो फिल्मले कान्समा फिचर विधामा अवार्ड जितेको थियो ।

सुविना श्रेष्ठको निर्देशनमा बनेको देवी बुधवार १ बजेर २० मिनेट जाँदा चलचित्र विकास बोर्डको हलमा प्रदर्शन हुनेछ ।  बर्लिन अन्तर्राष्ट्रिय महोसत्वमा अवार्ड जितेको एन अड टर्न २६ मंसिर ५ बजे र ५५ मिनेटमा चलचित्र विकास बोर्डकै हलमा प्रदर्शन हुनेछ ।

चलचित्र महोत्सवको पूर्वसन्ध्यामा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले चार दिने कार्यशालामा प्रशिक्षण दिइरहेका छन् । यस गोष्ठीमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागि छन् । 

२६ मंसिरमा चलचित्र विकास बोर्डको हलमा ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरीज फर ग्लोबल अडियन्स’ विषयमा मास्टर क्लास दिनेछन् ।  

महोत्सवका दौरान विभिन्न प्यानल डिस्कशन, फोटो प्रदर्शनीलगायत हुनेछन् ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise