२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुनमा हुने

Nada
२०८१ मंसिर २४ गते १७:४८
Shares
‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुनमा हुने

काठमाडौं : नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पु¥याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । महोत्सव फागुन २४ गतेदेखि सुरु हुने छ । रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।

ncell

महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने योजना छ । महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।

चलचित्र अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । कलाकार खडकाले आफ्नो चलचित्र ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पु¥याएको प्रभावको चर्चा गरे ।

यस्तै अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । 

दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ । महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर