काठमाडौं : बक्स अफिस इन्टरनेसनल ग्रुपले नेसनल बक्स अफिस टेलिफिल्म ÷वेबसिरिज अवार्ड २०८१ संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ । २०८१ सालमा बजारमा झन्डै ८३ वटा सिरिज र एक दर्जन सिरियलहरु नियमित रूपमा बने पनि व्यावसाकि रूपमा ३ वटा टिभीमा प्रशारण हुने टेलिफिल्म र ५ वटा युट्युब टिभीमा आउने वेबसिरिजले मात्रै औसत सफलता पाएको निचोड ग्रुपले निकालेको छ । बजारमा आएका अधिकांश टेलिफिल्म र वेबसिरिज घाटामा चलाएको आफ्नो प्रतिवेदन ग्रुपले सार्वजनिक गरेको छ ।
बजारमा टिभी सिरियलको आर्थिक स्थिति कमजोर भएकै कारण थुप्रै सिरिजका निर्माण कम्पनीले नेपालको एकमात्र टेलिफिल्म तथा वेबसिरिज अवार्डमा आफ्नो सिर्जना दर्ता गरेका छैनन् भने थुप्रै कलाकार, प्राविधिकहरुले व्यक्तिगत विधातर्फ अवार्डमा स्वस्फूर्त आवेदन दिएका छन् ।
त्यसैगरी अवार्डमा राम्रा सिरियलका निर्माताहरूले सम्पूर्ण विधातर्फ दर्ता गरेका छन् । टेलिफिल्मका ख्यातिप्राप्त वरिष्ठ कलाकार, पत्रकार तथा प्राविधिक गरी पाँच सदस्य जुरीले तयार पारेको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८१ संस्करणको ग्रान्ड फिनाले आगामी शनिबार साँझ राजधानीमा हुने नेसनल बक्स अफिस टेलिफिल्म अवार्डका अध्यक्ष आरके सुवेदीले जानकारी दिए । उत्कृष्ट पाँच मनोनयन यसप्रकार छ :
उत्कृष्ट मेकअप
१. प्रिया नगरकोटी– मेरी बास्सै
२. निर्मला अचार्य– हल्का रमाइलो
३. गिताञ्जली– सकस
४. सोनी कँडेल– भद्रगोल
५. शंकर बराल– मिरा
उत्कृष्ट संगीत
१. हिमाल श्रेष्ठ– मिरा
२. विश्वास नेपाल– मानेदाइ
३. विनय कार्की– गोठालो
४. सरोज शर्मा– बैना
५. पवन खतिवडा (म्याकुरी)– परिवार
उत्कृष्ट छांयाकन
१. राहुल राई– मेरी बास्यै
२. घनश्याम पोख्रेल– हल्का रमाइलो
३. डम्बर राई– मिरा
४. प्रवेश पोख्ररेल– फूलमाया
५. घनश्याम पोख्रेल– राधाकृष्ण
उत्कृष्ट सम्पादन
१. दिपेन बस्नेत– अजम्बरी
२. सुरेश श्रेष्ठ– फूलमाया
३. सन्दीप चौधरी– ख्याल ठट्टा
४. रविन भट्ट– हल्का रमाइलो
५. रविन्द्र खड्का– हरेकपल
उत्कृष्ट नवनायक
१. नेत्र विक्रम खड्का– मेरी बास्सै
२. सुवास मलुवा– राधाकृष्ण
३. पुष्कर ढुंगेल– सीता
४. मुकेश हमाल– सकस
५. अनिल कटुवाल– मिरा
उत्कृष्ट नवनायिका
१. रविना श्रेष्ठ– भद्रगोल
२. मुस्कान लामा– प्रेमकथा
३. मन्दिरा अधिकारी– मेरी बास्सै
४. यसा दथेपुथे– हिस्स बुढी खिस्स दाँत
५. सुमिना कुसाखा– जेरि गो
उत्कृष्ट खलनायक
१. विनोद सुवेदी (क्षितिज)– मेरी बास्सै
२. रवि गरी– जुठे
३. मुकुन्द थापा– फूलमाया
४. सुजित थापा– परिवार
५. सविन बास्तोला– मिरा
उत्कृष्ट कथा, पटकथा, संवाद
१. नेत्र राउत– मेरी बास्सै
२. राजु पौडेल– सकस
३. मरिचमान श्रेष्ठ– हल्का रमाइलो
४. शहीद प्रजापति– सिता
५. मनोज खड्का– हर्के हल्दार
उत्कृष्ट वेबसिरिज चरित्र अभिनेता
१. विशाल पहरी– राधाकृष्ण
२. श्रीप्रसाद थापा– सकस
३. सरोज शर्मा– बैना
४. रमेश अधिकारी– बुहारी
५. पवन खतिवडा– त्याग
उत्कृष्ट अभिनेत्री (वेबसिरिज)
१. सविता थपलिया– मिरा
२. दिपिका थापा– नाता
३. कमला घिमिरे– अजम्बरी
४. आयुशमा कार्की– हरेक पल
५. नविना सिलवाल (खुइली)– फूलमाया
उत्कृष्ट वेबसिरिज अभिनेता
१. शितल केसी– गोठालो
२. शिशिर भन्डारी– नाता
३. विनोद श्रेष्ठ– मिरा
४. सन्देश नेउपाने– अजम्बरी
५. सुरेन्द्र थापा– हरेक पल
उत्कृष्ट टेलिफिल्म अभिनेत्री
१. सरस्वती फुयाल– मेरी बास्सै
२. सरिता ढुंगाना– जुठे
३. यसु भट्टराई– भद्रगोल
४. पुजना घिमिरे– हल्का रमाइलो
५. सुस्मिता गिरी– हर्केहल्दार
चरित्र अभिनेत्री टेलिफिल्म
१. विद्या कार्की– जुठे
२. लक्ष्मी गिरी– मेरी बास्सै
३. हिउवाला गौतम– ठूले
४. सारदा गिरी– हल्का रमाइलो
५. पल्पसा डंगोला– मेरी बास्सै
चरित्र अभिनेता टेलिफिल्म
१. रामचन्द्र अधिकारी– मेरी बास्सै
२ सुरविर पण्डित– मेरी बास्सै
३. राजाराम पौडेल– हिस्स बुढी खिस्स दाँत
४. सुसिल पोख्ररेल– बुहारी
५. कृष्ण सिवाकोटी– हल्का रमाइलो
चरित्र अभिनेत्री (वेबसिरिज)
१. शारदा गिरी– भुन्टी
२. अन्जु हमाल– अजम्बरी
३. मना महर्जन– मिरा
४. अरुणा पछाइ– मानेदाइ
५. सुनिता भट्टराई– बैना
उत्कृष्ट अभिनेता (टेलिफिल्म)
१. मरिचमान श्रेष्ठ– हल्का रमाइलो
२. यादव देवकोटा (सरापे)– भद्रगोल
३ राजु पौडेल (मास्टर)– सकस
४. सदिन्न प्रजापति– सिता
५. सुरज खनाल– ख्याल ठट्टा
उत्कृष्ट नवनिर्देशक
१. नविना सिलवाल– फूलमाया
२. द्रोड प्रसाद पौडेल (ठेउके)– भद्रगोल
३. रेशम बुढाथोकी– अजम्बरी
४. शिव श्रेष्ठ– गोठालो
५. जिवनाथ गौतम (जीवन)– मिरा
उत्कृष्ट प्रसारण संस्था
१. नेपाल टेलिभिजन
२. हिमालयन टेलिभिजन
३. एपी वान टेलिभिजन
४. स्पेश फोके टिभी
५. यकच डिजिटल कम्पनी
उत्कृष्ट टेलिफिल्म (सामाजिक)
१. जुठे
२. सकस
३. फूलमाया
४. राधाकृष्ण
५. सिता
उत्कृष्ट वेबसिरिज
१. सौतेनी आमा
२. नाता
३. हरेक पल
४. मिरा
५. अजम्बरी
उत्कृष्ट टेलिफिल्म (हास्य)
१. मेरी बास्सै
२. भद्रगोल
३. हर्के हल्दार
४. ख्याल ठट्टा
५. हल्का रमाइलो– जेरि गो