२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘एक्टिङ स्टार’को जुरी सार्वजनिक 

Nada
२०८१ मंसिर २७ गते ११:५८
Shares
‘एक्टिङ स्टार’को जुरी सार्वजनिक 

काठमाडौंः रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केही महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको हो । जुरी टिममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्थाले गराएको छ। अभिनयका बादशाह भनेर चिनिने शाह, थुप्रै सफल कलाकारका गुरु बराल र चर्चित अभिनेत्री शर्माले ‘एक्टिङ स्टार’ को छनोट गर्नेछन्।

ncell

डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने हजार भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ । डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरुलाई उनिहरुकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बतायो। कार्यक्रममा सहभागी हुनको लागी डिजिटल अडिसन मार्फत बाल कलाकार, युवा कलाकारको साथ साथै बृद्दहरुको समेत रुची रहेको छ।

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको उक्त शोको निर्देशन विशाल भण्डारीले गर्नेछन्। रियालिटी शो  ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रशारण हुनेछ । ‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशीसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्।

ताजा खबर

सम्बन्धित खबर