२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मिस एण्ड मिसेस ब्युटीफुल नेपालको फिनाले असार २० गते हुने

Nada
२०८१ असार ७ गते २०:०८
Shares
मिस एण्ड मिसेस ब्युटीफुल नेपालको फिनाले असार २० गते हुने

काठमाडौं : मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी असार २० गते राष्ट्रिय नाच घर जमल काठमाडौंमा हुने भएको छ । जसको ट्यालेन्ट शो आज शनिबार बानेश्वरमा हुँदै छ ।

ncell

लामो समयदेखि सौन्दर्यक्षेत्रमा जमेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको इभेन्ट कम्पनी दक्ष इन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा हुन लागेको ‘मिस ब्युटीफुल नेपाल’को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’को आठौं संस्करणको ग्राण्ड फिनाले हुन लागेको हो । दुबै समूहमा गरी १६ सहभागी अहिले प्रशिक्षणको चरणमा रहेका छन् ।

दक्ष इन्टरनेशनलका प्रमुखसमेत रहेका मेकअप आर्टिष्ट पाण्डेका अनुसार विगतभन्दा यस वर्ष प्रतियोगितलाई फरक ढंगले प्रस्तुत गरिने छ । उनका अनुसार प्रतिस्पर्धामा ईश्वरी हमाल ठकुरी, विपना मल्ल, मेनुका कार्की, सज्जा मिजार, सञ्जिता तामाङ, उर्मिला रेग्मी, जेलिना भट्टराई र इशु सिं ठकुरी तथा रमिता बज्राचार्य, विजया अधिकारी, लक्ष्मी कुमारी बस्नेत, अनिशा श्रेष्ठ, प्रविन कला राई, लक्षिमा थारु, रञ्नना सखाकर्मी र रितु रुनियार छन् ।

कार्यक्रम व्यवस्थापक एवम् सौन्दर्यकर्मी गीता उप्रेतीका अनुसार प्रतिस्पर्धीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरका साथै उनीहरूको आन्तरिक क्षमता उजागर गरी नेतृत्वदायी क्षमताको विकास गराइ एक कुसल शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर