काठमाडौं : दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनको फिल्म ‘पुष्पा–२’ हलमा प्रदर्शनका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
अल्लु अर्जुनको टोलीले अचानक उक्त हलमा भ्रमणको योजना बनाएको थियो । अल्लु अर्जुन थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरूमा भागदौड मच्चिएको थियो ।
यस भागदौडको क्रममा त्यहाँ एक महिलाको मृत्यु भएको हो । त्यसपछि अल्लु अर्जुनसहित धेरै व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।