२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चार मुक्तक

shivam cement
२०८१ मंसिर २९ गते ०६:०५
Shares
चार मुक्तक

–शैलेन्द्र थापा

१. 
हामीले साथी यो मुलुकसँग पिरती लगाऔं
पुर्खाकै सरि स्वमनभित्र स्वाभिमान जगाऔं
अति भो अब अत्याचार यहाँ रोक्नु नै पर्दछ
उचक्का जाली नौ डाँडापारि चिनेर भगाऔं ।

२. 
यो देशको मुहार फेर्ने युवा पुग्दा मरुभूमि
फटाहाको रजाइँ चल्छ यत्रतत्र यहाँ झुमी
को सक्छ र बेथितिको मुहान पूरा नथुनेरै
देखाउन पौरख यहाँ समृद्धिको शिखर चुमी ।

३. 
देशमा कसैलाई चोर प्यारो छ, कसैलाई ठग
यी र यस्तै हुन् यहाँ गरिखान नदिने एक लग
ग्राह्य छ पक्षधरता र सात खत माफी अनि
कहाँ बस्छ मानवता र शान्ति समृद्धिको जग ?

४. 
संकेत बुझे भोलिनिम्ति मार्ग सुगम बन्न सक्छ
नहोस् तर बुझेकाले पहिल्याई आफैं खन्न सक्छ
पात्रसाथमा प्रवृत्तिले नठग्दा यो समाज आफैं
अघि बढ्छ, स्वागत गर्छ संरक्षकमा गन्न सक्छ ।

सम्बन्धित खबर