काठमाडौँ : अभिनेता अल्लु अर्जुन भारतको चञ्चालगुडा केन्द्रीय कारागारबाट शनिबार बिहान रिहा भएका छन् ।
उनको चलचित्र ‘पुष्पा-२ : द रुल’ हैदराबादमा प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो ।
त्यसपछि हैदराबाद अदालत पेस गरिएका उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भए पनि उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतले शुक्रबार साँझ नै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शनिबार बिहान छुटेका हुन् । हिरासतबाट रिहा भएपछि उनले भने, ‘म सबैलाई धन्यवाद दिन्छु।’
अभिनेता अल्लुले आफूलाई कानुनमा पूर्ण विश्वास रहेको बताए । उनले अगाडि थपे, ‘तपाईंको प्रार्थना र मायाका लागि धन्यवाद।’