२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी विस्तार

Nada
२०८१ असार ७ गते २१:०३
Shares
माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी विस्तार

काठमाडौं : नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरेको नेपाल टिलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

ncell

उनकाअनुसार उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा विस्तार गरेको हो । यो टावर समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका टेलिकमले जनाएको छ ।

कास्कीका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटनलगायत टेलिकमको फोरजी सेवाबाट लाभान्वित हुने टेलिकमले दाबी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर