२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ग्लोबल आइएमईका ग्राहकलाई आरुष लाइफस्टाइलमा छुट

ADV
मध्यान्ह
२०८१ असार ७ गते २१:०३
ग्लोबल आइएमईका ग्राहकलाई आरुष लाइफस्टाइलमा छुट

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल अस्पतालमा सहुलियतमा सेवा पाउने भएका छन् । बैंक र अस्पतालबीचमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, वरगाछी विराटनगरस्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवामा उक्त छुट पाउनेछन् । ग्राहकको सुविधालाई मद्देनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघसंस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise