२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनचाँदीको मूल्य घट्यो

Nada
२०८१ मंसिर ३० गते ११:३५
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौंः अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 

ncell

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।

सम्बन्धित खबर