काठमाडौं : कोरोना भाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको वुहानवाट नेपालीलाई उद्दार गर्नका लागि आवश्यक तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हुबेइमा रहेका नेपाली ल्याउनका लागि भोली दिउसो पौने तीन बजे नेपाल बायूसेवा निगमको विमान त्यसतर्फ जाने भएको छ ।
विमानमा सेनाका विशेष तालिम प्राप्त चार चिकित्सक पनि रहनेछन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेर चालकदलका सदस्य र चिकित्सकलाइ चीन पठाउन लागिएको सरकारले जनाएको छ । वुहानमा सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
विमानमा तीन क्याप्टेन एक इन्जिनियर सहित ११ जना चालकदलका सदस्य रहनेछन् । हुबेइका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई वुहानमा भेला पारेर काठमाडौं फर्काउने ब्यवस्था नेपाली दूतावासले मिलाएको छ । हुबेइ छ वटा सहरमा रहेका १२ वटा विश्वविद्यालयका विद्यार्थी नेपाल ल्याउन लागिएको हो ।
विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा सङ्क्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । नेपाल आउन चाहाने १ सय ८७ जनालाई लिएर सो विमान आइतवार विहान सवा दुईबजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
त्यसपछि उनीहरुलाई विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पाँचवटा बसमार्फत लैजाने ब्यवस्था मिलाइएको छ । चीनबाट आउने सबै मानिस केन्द्रमा कम्तीमा १४ दिन क्वारेन्टाइनसमा बस्नुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies