काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान यही फागुन १५ गते वैवाहिक जीवनमा बाँधिन लागेका हुन् । फागुन १५ गते प्रियंकाको जन्मदिन पनि रहेको छ ।
शुक्रबार भ्यालेन्टाइन डे को अवसर पारेर अभिनेत्री प्रियंकाले इन्साटाग्राममा एक तस्वीर राख्दै विवाहको मिति सार्वजनिक गरेकी हुन् । उनले तस्वीर राख्दै आयुष्मानसँग आफ्नो जन्मदिनमा विवाह गर्न लागेको समेत उल्लेख गरेकी छिन् । तस्वीरमा एक बालकले हातमा एउटा बोर्ड बोकेका छन् र त्यसमा ‘सेभ द डेट २०२० फेब्रअरी २७ (नेपाली मिति २०७६ साल फागुन १५ गते) लेखिएको छ ।
दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies