२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड सम्पन्न

Nada
२०८१ मंसिर ३० गते २०:४८
Shares
नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड सम्पन्न

काठमाडौं : बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा नेसनल बक्स अफिस टेलिफिल्म-वेबसिरिज अवार्ड-२०८१ संस्करण तथा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप सम्पन्न भएको छ ।

ncell

२८ गते शुक्रबार बिहानदेखि २९ गते साँझ अबेरसम्म इलाइट फुटसल कपन काठमाडौंमा सम्पन्न भएको टेलिफिल्म फुटबल कपको उपाधि ३४ वटा फुटबल टिमलाई पन्छाउँदै नवदुर्गा फुटबल टिमले जितेको छ । झण्डै दुई दर्जन टेलिफिल्मलाई उछिन्दै हास्यतर्फ हल्के हल्दार, सामाजिकतर्फ जुठे सर्वोत्कृष्ट टेलिफिल्म बन्न सफल भएका छन् । त्यसैगरी बजारमा देखिएका एक सय भन्दा धेरै वेबसिरिजलाई उछिन्दै 'सौतेनी आमा' यो वर्षको सर्वोत्कृष्टताको रोजाइमा परेको छ । 

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता, वरिष्ठ कलाकार, पत्रकार, निर्माता, निर्देशक, खेलाडी र समाजसेवीहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड सम्पन्न भएको थियो ।

उत्कृष्ट मेकअप निर्मला आचार्य (हल्का रमाइलो), उत्कृष्ट संगीत हिमाल श्रेष्ठ (मिरा), उत्कृष्ट छायांकन घनश्याम पोखरेल (हल्का रमाइलो), उत्कृष्ट सम्पादन रविन भट्ट (जुठे-हल्का रमाइलो), उत्कृष्ट नवनायक नेत्र विक्रम खड्का (मेरी बास्सै), उत्कृष्ट नवनायिका रविना श्रेष्ठ (भद्रगोल), उत्कृष्ट खलनायक विनोद सुवेदी (क्षितिज)–(मेरी बास्सै), उत्कृष्ट कथा-पटकथा-संवाद– नेत्र राउत (मेरी बास्सै), उत्कृष्ट वेबसिरिज चरित्र अभिनेता पवन खतिवडा (त्याग), उत्कृष्ट वेबसिरिज अभिनेत्री नविना सिलवाल (खुइली) (फूलमाया), उत्कृष्ट वेबसिरिज अभिनेता विनोद श्रेष्ठ (मिरा), उत्कृष्ट टेलिचलचित्र अभिनेत्री यसु भट्टराई (भद्रगोल), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेत्री पल्पसा डंगोल (मेरि बास्सै), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेता रामचन्द्र अधिकारी (गोक्ते काजी)– (मेरी बास्सै), उत्कृष्ट वेबसिरिज चरित्र अभिनेत्री सारदा गिरी (भुन्टी), उत्कृष्ट टेलिचलचित्र अभिनेता राजु पौडेल (मास्टर)– (सकस), उत्कृष्ट नव निर्देशक द्रोणप्रसाद पौडेल (ठेउके)– (भद्रगोल), सर्वोत्कृष्ट प्रसारण संस्था– ओम अग्रवाल (ओ.एस.आर. डिजिटल), उत्कृष्ट टेलिचलचित्र सामाजिक (जुठे), उत्कृष्ट वेबसिरिज (सौतिनि आमा), उत्कृष्ट हास्य टेलिचलचित्र (हल्का रमाइलो) घोषित भए ।

त्यसैगरी इन्करेजमेन्ट सम्मानतर्फ अरुणा पछाई (मानेदाइ), सुरज खनाल (ख्यालठट्टा), सरोज शर्मा (बैना), रमेश अधिकारी (बुहारी), सुनिता भट्टराई (बैना), सर्वकालीन टेलिफिल्म अवार्डतर्फ सर्वकालीन टेलिचलचित्र अभिनेत्री विद्या कार्की, सर्वकालीन टेलिचलचित्र अभिनेता सुरविर पण्डित, सर्वकालीन टेलिफिल्म मार्केटिङ संस्था (मिडिया हब प्रा.लि.), सर्वकालीन टेलिचलचित्र प्रशारण संस्था (नेपाल टेलिभिजन) घोषित भए ।

यस्तै ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप २०८१ तर्फ फियर प्ले अवार्ड- मिला रेकर्डिङ स्टुडियो, फुटबल लभर अवार्ड- बुढानिलकण्ठ एफसी, फुटबल इनकरेजमेन्ट अवार्ड- टेटे एफसी, फुटबल हर्ट अवार्ड- हट मिलन राई एफसी, फुटसल हर्ट अवार्ड- रोयल नेपाल एफसी, सर्वोत्कृष्ट किपर अवार्ड- दिपेश श्रेष्ठ हिमालयन एफसी बने भने सर्वोत्कृष्ट खेलाडीको अवार्ड अंकित पौडेल नवदुर्गा एफसीले पाए । विजेता नवदुर्गा एफसीले नगद ७० हजार, ट्रफी, गोल्ड मेडलको साथ प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हिमालय एफसीले नगद ३५ हजार, ट्रफी, सिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अवार्डका अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर