२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कोशी प्रदेश : आर्थिक वर्ष २०८१-८२ को बजेट पारित

ADV
मध्यान्ह
२०८१ असार ८ गते १५:१४
कोशी प्रदेश : आर्थिक वर्ष २०८१-८२ को बजेट पारित

काठमाडौँ । कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१-८२ को बजेट पारित गरेको छ । प्रदेश सभाको १३ औँ बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।

असार १ गते अर्थमन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।  असार ४ बाट बजेटमाथि छलफल शुरू भएको थियो । ४ दिन लगातार छलफलपछि बजेट पारित भएको हो । 

बजेट पारित गर्नुअघि नेपाली कांग्रेसका सांसद गोपाल तामाङ र राप्रपा सांसद सविना बजगाईँले पेस गरेको खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएको थियो ।

सर्वाेच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिटमा आइतबारबाट निरन्तर सुनुवाइ हुँदैछ ।  त्यसैले शनिबार नै हतारमा बजेट पारित गरिएको बुझिएको छ। 

ADVADV

सम्बन्धित खबर

Advertise