काठमाडौं : एसीसी पूर्वी क्षेत्रीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज थाइल्याण्ड जाँदै छ । चीन, भुटान र म्यानमारले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरे पनि नेपाल भने कोरोनाको जोखिम मोलेरै थाइल्याण्ड जान लागेको हो ।
आगामी शनिबारदेखि आउँदो मार्च ६ सम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली तीन बजे त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघले जानकारी दिएको छ । टोलीमा १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना छन् ।
नेपालले पहिलो खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्याण्ड र मार्च ६ मा सिङ्गापुरसँग नेपालले खेल्नेछ । प्रतियोगितामा शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies